अकल्याण्ड : न्युजिल्यान्डको घरेलु वनेड प्रतियोगितामा एउटा रोचक दृश्य देखियो । भारतिय मुलका खेलाडी जीत रावलले हानेको जोडदार शट बलरको टाउकोमा लागेर बाउण्ड्री पार भयो । १५० बर्ष लामो क्रिकेट ईतिहासमा यो पहिलो र एक मात्र घटना हो ।

न्युजिल्यान्डको मिडियाका अनुसार फोर्ड ट्रफिको तेस्रो प्रिलिमिनरी फाईनलमा अकल्याण्डकै कालिन मैडन पार्कमा उक्त घटना भएको हो । खेलको १९ अौ अोभरको दोस्रो बलमा जित रावलले हानेको बल बलर एड्रु एलिसको टाउकोमा लागेर बाउण्ड्री पार भयो । अोम्यारलाई पनि उक्त बलको डिसिजन दिन केही समस्या भएको थियोे । पहिले चौका दिएका अोम्पायरले केहिबेरमा नै अाफ्नो निर्णय परिवर्तन गर्दै उक्त बललाई छक्का दिएका थिए ।

बलले टाउकोमा लागेपछि एलिस घाइते भएर मैदान बाहिर गए पनि केहिबेरमा फिट भएर पुन बलिङ गरेका थिए । यो खेलमा जीतले अकल्याण्डबाट खेल्दै १५३ बलमा १० चौका र ४ छक्काको मद्धतले शानदार १४९ रन बनाए । जितकै उत्कृष्ट पारीको मद्धतले खेल अकल्याण्डले ६ विकेटले जितेको थियोे ।