-राजन तिमल्सिना

एउटा सानो बच्चा एकदमै गरीब झुपडीमा बस्थ्यो । एकदिन स्कुलमा शिक्षकले उसलाई “मेरो सपना ” शिर्षकमा एउटा लेख लेख्न लगाए । उस्ले लेख लेख्यो र शिक्षकलाइ दियो, शिक्षककले उक्त लेख हेरे ।

लेखमा बच्चाले लेखेको थियो “म पचास वटा घोडा किन्ने छु , एउटा ठूलो बिल्डिङ बनाउने छु, त्यसमा स्वीमिङ्ग पुल हुन्छ र घोडाहरुको लागि अलग स्वीमिङ्ग पुल हुनेछ ।

एउटा फ्याक्ट्री खोल्छु र धेरै कामदारहरुलाइ काम दिन्छु, एउटा कार किन्छु र आमालाइ घर भन्दा टाढा घुमाउन लैजान्छु “

शिक्षकले लेख पढी सके पछि बच्चालाई भने- बाबु लेख त एकदमै राम्रो छ तर जुन परिवारमा तिमी बस्छौ त्यो माहोलको हिसाबले यो सपना पूरा हुन सक्दैन बरु तिमी एउटा काम गर यो लेखलाई बदलिदेउ र यस्तो सपना लेख कि “म एक सानो तिनो एउटा घर बनाउछु , एक टि भी लिनेछु जसमा एन्टिना पनि जोड्ने छु , एउटा सानो पोखरी बनाउछु , एउटा मोटरसाइकल किन्छु यस्तै यस्तै पाँच दश वटा सपना बनाएर लेख।

तर बच्चाको हिम्मत हेर्नुस उस्ले नमानी आफ्नो घर गयो । उस्को आमा जो भाडा माझ्ने काम गर्छिन जो अर्काको घर घरमा गएर लुगा धुने काम गर्छिन ” आमालाई भन्यो- आमा मैले एउटा लेख बनाएको थिए , “म पचास वटा घोडा किन्ने छु , एउटा ठूलो बिल्डिङ बनाउने छु, त्यसमा स्वीमिङ्ग पुल हुन्छ र घोडाहरुको लागि अलग स्वीमिङ्ग पुल हुनेछ ।

एउटा फ्याक्ट्री खोल्छु र धेरै कामदारहरुलाइ काम दिन्छु । एउटा कार किन्छु र ममिलाइ घर भन्दा टाढा घुमाउन लैजान्छु” ।

सरले भन्नुभयो यो सपना बदलिदेउ र अर्को बनाउ । मलाई सरले भनेको सपना मन परेन, के तपाईंलाई मेरो सपना मन पर्छ ममि ?

अनपढ आमा , कपडा धुन्छिन , भाडाकुडा साफ गर्छिन , र पनि छोराको मन खुशी पार्न साहश दिदै आमाले भनिन ” छोरा यदि तिमिलाइ आफ्नो सपनामा विश्वास छ भने तिम्रो लेख कहिल्यै नबदल्नु । आफ्नो सपनालाई कहिल्यै नबदल्नु ।
तर ममि मैले आफ्नो लेख बदलिन भने सरले मलाई नम्बर दिनुहुन्न ।

अनि आमाले भनिन ” तिम्रो सरलाइ गएर भनिदेउ कि सर मलाई नम्बर नदिनुहोस तर मेरो आफ्नो सपना म बदलेर तपाईंको सपना लेख्दिन ।

अर्को दिन बच्चा स्कुलमा गयो र भन्यो ” सर ! आमाले भन्नुभयो आफ्नो सपना बदल्नु हुन्नरे म बदल्दिन । तर शिक्षकले भने ” म मार्क्स दिन्न “

तब त्यो बच्चाले भन्यो सर ! तपाइको मार्क्स आफ्नो ठाउमा राख्नुस र मेरो सपना म आफ्नो ठाउमा राख्छु । समय बित्दै जादा पच्चिस वर्षपछी त्यस बच्चाले सानोमा लेखेको सपना प्राय सबै पूरा गर्यो ।

घोडा किन्यो , महल बनायो , स्वीमिङ्ग पुल बनायो , बम प्रुफ कार किन्यो र फ्याक्ट्री पनि खोल्यो अनि त्यो फ्याक्ट्रीको
उदघाटनको लागि बच्चाले त्यही शिक्षकलाई बोलायो , शिक्षकलाई यो कुरा थाहा थिएन कि यो युवक त्यही बच्चा थियो ।

जब शिक्षकले फिता काटे र उक्त युवकले हातमा माइक दियो र भन्यो सर तपाईं केहि भनिदिनुस न सपनाको बारेमा ।

शिक्षले भने ” हेर सपना देख्नु एकदम राम्रो कुरा हो , हरेकले सपना देख्नुपर्दछ । ठूलो ठूलो सपना देख्नुपर्दछ । म यो युवकलाई धन्यवाद दिन चाहन्छु । यसले ठूलो सपना देख्यो त्यसैले आज पूरा पनि गर्यो ।

सबैले ताली बजाए र त्यो युवक माइक आफ्नो हातमा लिदै भन्न थाल्यो ” म आफ्नो परिचय दिन चाहन्छु सर , म
त्यही बच्चा हु जो पच्चिस साल पहिले जो तपाइको अगाडि लेख लेखेर दिएको थिए र तपाइले भन्नुभएको थियो यो सपना कहिल्यै पूरा हुन सक्दैन ।

हैसियत भन्दा माथिको सपना भयो तिम्रो सपना बदल । तर तपाईंले बिश्वास गर्नु भएन मेरो ममिले बिश्वास गरेर म माथी राख्नु भएको भरोसा नै मेरो अगाडि बढ्ने प्रेरणा थियो ।

ममिले राख्नु भएको बिश्वास नै म यो ठाउँ सम्मा आउने बाटो बन्यो । शिक्षक हेरेको हेरेकै भए हातमा माइक समाते र
भन्न थाले ” म आज केही भन्न चाहन्छु , मैले यस्तै हजारौ केटाकेटिहरुलाई डिमोटिभेटेड गरेको छु , उनिहरुको सपनालाई बर्बाद पारेको छु ।

यो सब कारण हो मैले देखेको हजारौं सपनाहरू मध्ये एक सपना पनि पूरा भएनन, मेरो दिमागमा यहि सोच बस्यो कोहि मान्छेले पनि आफ्नो हैसियत भन्दा माथिको सपना पूरा गर्न सक्दैन ।

यो कथा पढ्ने सम्पूर्ण पाठक साथीहरू अभिभावक शिक्षक विद्यार्थी अथवा जो कोहि पनि हुनुहुन्छ आफ्नो साना साना नानी बाबुहरूको दिमागमा उब्जाएको लक्ष्य र सोचलाई बाल्यकालमै मार्ने प्रयत्न न गरिदिनुहोला ।

भोलि गएर उनिहरुले बुज्ने छन कुन सम्भब र कुन असम्भव आज उनीहरुको दिमाग बाट उब्जाएका सवाल उनीहरुको भित्री मन देखि स्वयं उब्जाएका हुन्छ्न थोरै सहानुभुती दिएर उनीहरुको कुरामा सहमत भैदिएर हेर्नुहोस ।

के थाहा भोलिको कुरा, संसारमा हामीले सोच्दै न सोचेका परिवर्तन हाम्रो स्वयं आखाले आज देखि रहेको छौ भने हाम्रो सन्तानको देख्नु कुन अचम्मित कुरा हो र हैन ?

-गोर्खालीखबरबाट