सिलगुडी, १२ फागुन । त्रिदेशीय खेल पर्यटनको विकास गर्ने उद्देश्य सहित भारतको सिलगुडीबाट छौठौँ संस्करणको हिमालयन ड्राईभ त्रिदेशीय मोटर र्याली सुरु भएको छ । सिलगुडीको सिटी सेन्टरमा एक समारोहको विच सिलगुडी प्रहरीका प्रमुख सुनिल कुमार चौधरी र सिलगुडी सिमा सुरक्षा बलका प्रमुख बन्धु पाध्याले हिमालयन ड्राईभको झण्डा तोलन उडाउदै मोटर र्याली सुरु गरेका थिए ।

भारतको सिलगुडी हुदैँ नेपालको चितवन सौराहा पुगेर फेरि भारत हुदै भुटानको फुङ्गोचोलङ्गिबाट दार्जलिङ्गमा आई र्याली सकिने नेपाल कार्यक्रम संयोजक प्रकाश कपुरीले जानकारी दिए । भारतको जस्ट स्पोर्टस्को आयोजना तथा नेपालको नेपाल अटो मोबाईल्स एशोसियसनको सहकार्यमा यो त्रिदेशीय मोटर र्याली हरेक बर्ष गरिदै आएको छ ।

साढे १६ सय किलोमिटर दुरी हुने प्रतिस्पर्धामा नेपालको ७ टिम सहित भारत र भुटानका गरि ४२ वटा कार सहभागी भएका छन् । जस मध्ये ५ वटा कार चितवनमा सहभागी भएका छन् । ६ दिनसम्म चल्ने अन्र्तराष्ट्रिय स्तरको मोटर र्याली पहिलो पटक चितवनमा आउने पहल चितवन अटोमोबाईल डिलर्स एसोसिएसनले गरेको हो ।

ड्राईभ पर्यटन, सडक सुरक्षा तथा जनता–जनताबीचको सम्बन्धको उद्देश्यले ‍र्याली आयोजना गरिएको बताउँदै आयोजकले र्याली मोटरिङ्गको अन्र्तराष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेशनल डे अटोमोबाईलको मान्यता प्राप्त नेपालको एकमात्र इभेन्ट भएको चितवन अटोमोबाईल डिलर्स एसोसिएसनका कार्यक्रम संयोजक राजन पियाले बताए । नेपाली खेल पर्यटनमा मात्रै नभई व्यवसायिक विकाससगैँ त्रिदेशीय पर्यटन विकासका लागि कार्यक्रम सफल हुने उनको दावी छ ।

प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख भारतीय रुपैयाँ, दोस्रो हुनेले ७५ हजार भारतीय रुपैयाँ र तेस्रो हुनेले ५० हजार भारतीय रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।‍ र्यालीका अवसरमा नेपालमा मात्रै उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कार व्यवस्था गरिएको छ । नेपाल पर्यटन बोर्डले प्रवद्र्धधन गरेको ‍र्यालीका लागि जिल्लामा स्थानीय निकायसँग सहयोग र समन्वय गरिएको छ ।