काठमाडौँ, ११ फागुन । सरकारले शुक्रबार नेपाली क्रिकेट टोलीका सदस्यलाई नगद सम्मान हस्तान्तरण गर्दैछ ।

गत सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा क्रिकेट खेलाडीलाई जनही ३ लाखसहित सम्मान गर्ने घोषणाको कार्यान्वयन स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे आफ्नै निवास बालुवाटारमा खेलाडीलाई सम्मान गर्ने भएका हुन् ।

गत सोमबार प्रधानमन्त्री ओलीले नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गर्ने घोषणा गरेका थिए । सोही कार्यक्रममा विश्वकप छनोट खेल्न जिम्बावे जाने नेपाली टोलीलाई बिदाई गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।