धेरै जसो बलात्कारको घटना महिलाहरुले घर परिवार र समाजसँग धक मानेर लुकाउने गर्छन त कयौ घटना भने घर परिवार र पुलिस प्रशासनकै मिलोमतोमा लुकाइन्छ जर्वजस्ती सम्झौता गरिन्छ । बलात्कार सम्वन्धी कानुन पनि निकै नै फितलो देखिन्छ ।

भारतमा भने बलात्कारको घटनालाई लिएर अनौठो घटना भएको छ । हालसालैको घटनामा बलात्कारीलाई स्थानीय महिलाले हातखुट्टा बाँधेर मरणासन्न हुने गरी पिटेर सजाय दिएको एउटा भिडियो सार्वजनिक भएको छ ।