कालो अक्षर नचिनेकै बेला ९ बर्षको उमेरमा छिकेमी गाउँका १२ बर्षीय केटासँग कल्पना बोहोराको मागी बिहा भयो । १४ बर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनी अहिले १८ बर्षकी हुँदा तेस्रो सन्तानकी आमा बनेकी छिन् । आफूले नमाने पनि बाबुआमाका कारण बिहा गरेको बताउने कल्पनाका साथमा अहिले तीन छोरी छन् । आमाको उपचारको लागि ससर्त काढेको ऋणका कारण कल्पनालाई बाल बिवाहको मार खेप्नुपर्यो । आजको नागरिक दैनिककोमा यो समाचार छ । कल्पना भन्छिन्, ‘म ६ महिनाकी थिएँ । बिरामी आमाको उपचारको लागि छिमेकी गाउँका एक व्यक्तिबाट १५ हजार नगद लिएर छोरी ठूली भएपछि बिहे गरिदिने सर्तमा बाबुले बिक्री गरेका थिए । त्यसकारण मेरो सानैमा बिहा भयो ।’भिडियो हेर्नुहोस