नेत्रविक्रम चन्द विल्पब नेतृत्वको नेकपा माओवादीले भारतीय नायक सलमान खान नेपाल बिरोधि भएको भन्दै नेपालमा हुन लागेको कार्यक्रम असफल बनाउने घोषणा गरेको छ। विप्लव माओवादीले मदिराको प्रोमोशनका लागि दशौं हजारको टिकट बेचेर नेपालमा सलमानको कार्यक्रम गर्ने कुरा आफूहरुलाई मान्य नहुने बताएको छ। विप्लव माओवादीसम्वद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले सोमबार सलमानको कार्यक्रमविरुद्ध औपचारिकरुपमा वक्तव्य जारी गर्ने र त्यो गर्दा पनि कार्यक्रम स्थगित नगरिए आन्दोलनको घोषणा गर्ने जनाएको छ। भिडियो हेर्नुहोस