काठमाडौँ – आईतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र हिरोज ले ट्रेलर रिलिज गरेको छ । चैत्र २३ गतेलाई प्रर्दशन मिति तोकेको हिरोजलाई पुर्णीमा लामाले निर्माण गरेकी हुन् । एन बि मर्हजनको निर्देशनमा बनेको यो चलचित्रमा करिस्मा मानन्धर,मुकेश ढकाल,पुर्णीमा लामा, संजोग राणा, जयकिसन बस्नेत, दिलकुमार श्रेष्ठ, दिनेश डिसि लगायत कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिलिम्सको ब्यानरमा निर्माण भएको हिरोज लाई लक्ष्मी लामाले प्रस्तुत गरेकी हुन भने युबराज लामा,शेखर लामा र संजोग राणा निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा शिव ढकाल र रामशरण उप्रेतीको छायांकन,संकर मर्हजनको एक्सन, कविराज गहतराज र रामजि लामिछानेको कोरीयोग्राफी रहेको छ । हिरोजलाई सुनिल मानन्धरले वितरण गर्दै छन् ।