कोही नयाँ मान्छे भेट्नेबित्तिकै मेचीनगरकी ३१ वर्षीया गीता चौधरी (नाम परिवर्तन) को प्रश्न हुने गर्छ– पिताले नसकारेका सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन ? जो जसलाई उनले त्यस्तो प्रश्न सोध्ने गर्छिन् उनीहरूले गीताको समस्या समाधान हुने गरी जवाफ भने फर्काउन सक्दैनन् । छोरीको जन्मदर्ता गराउन खोज्दा सरकारी निकायका कर्मचारीले बुबाको नागरिकता खोज्दा गीताले समस्याको निकास पाउन नसकिरहेकी हुन् । वैदेशिक रोजगारीबाट कमाइ गरेर आफू र परिवारको जीवन सहज बनाउने उद्देश्यले २०७१ मा कुवेत गएकी गीताका लागि वैदेशिक रोजगारी असफल मात्र भएन, जीवनमा थप संकट हुने गरी अर्को समस्या ल्याइदियो । जुन समस्याले गर्दा पछिल्लो तीन वर्षदेखि दैनिकजसो गीताको आँखामा आँसु निस्कने गरेका छन् । आँखाबाट निरन्तर बग्ने आँसु रोक्ने उपाय अहिलेसम्म गीताले भेउ पाउन सकेकी छैनन् । हेर्नुहोस यो भिडियो बिस्तृतमा