काठमाडौँ – चलचित्र मंगलम् ले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना “पर्ख पर्ख मायालु” बोल रहेको गीतको एक करोड भ्यु भएको उपलक्ष्य केक काटेर सेलीब्रेसन गरेको छ ।

अभिनेत्री शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको यस चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् । दिपक शर्माको शब्द तथा संगितमा तयार भएको यो गीतमा कृष्ण काफ्ले र बिन्दु परियारले स्वर दिएका छन् ।

उक्त कार्यक्रममा गायक कृष्ण काफ्ले र गायिका बिन्दु परियारले संचाकर्मीहरुलाई “पर्ख पर्ख मायालु” गीत गाएर पनि सुनाएका थिए ।
कार्यक्रममा अभिनेत्री शिल्पा पोख्रेल,निर शाह,मिथिला शर्मा,पृथ्वीराज प्रसाँई,पुष्प खड्का, निर्देशक नवल नेपाल, छायांकार विष्णु कल्पित घिमिरे लगायतले चलचित्रको बारेमा जानकारी गराएका थिए ।