काठमाडौं, ५ साउन । शनिबार नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले डा.गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा विरोध प्रदर्शनको आयोजना ग¥यो । प्रदर्शनमा कांग्रेसका हजारौं नेता कार्यकर्ता सहभागी भएका थिए ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा जुलुस नयाँ बानेश्वरतर्फ लाग्यो । जुलुस नयाँ बानेश्वर चोकमा पुगेर कोणसभामा परिणत हुन नपाउँदै नेपाल प्रहरीले आन्दोलनकारीमाथि लाठीचार्ज ग¥यो । लाठीचार्जबाट तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायत दर्जन बढी घाइते भए । प्रहरीले आन्दोलनकारीलाई लखेटी लखेटी कुटेको थियो ।

त्यही बीचमा सशस्त्र प्रहरीका एक जवान हातमा सटगन लिएर आन्दोलनकारीलाई देखाउँदै लखेटिरहेका थिए । उनले बन्दुकले ताकी ताकी आन्दोलनकारीलाई लखेटेको दृश्य धेरैले देखे । आन्दोलनकारीको निशानामा पर्ने देखिएपछि उनी भागेर एउटा घरभित्र लुकेका थिए । थप जानकारीको लागि भिडियो हेर्नुहोस् :