धादिङ । सरकारले दिउसो ट्रिपर चलाउन रोक लगाएपछि ट्रिपर व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

अन्य सवारी साधन झै प्रक्रिया पुर्याएर यातायात व्यवस्था विभागमा दर्ता भएको ट्रिपरमाथि सरकारले ज्यादती गरेको भन्दै ट्रिपर व्यवसायी आन्दोलित भएका हुन् । सरकारले ट्रिपरबाट सवारी दुर्घटना बढेपछि दिउसो ट्रिपर सञ्चालनमा रोक लगाएको थियो ।

उपत्यका छिर्ने अधिकांश ट्रिपर धादिङमा रोकिएको छ भने व्यवसायीले धादिङमा प्रदर्शन समेत गरेका थिए । रातिको समयमा ट्रिपर सञ्चालन गर्न दिने सरकारको निर्णयले व्यवसायमा समेत ठूलो समस्या उत्पन्न भएको व्यवसायीको गुनासो छ ।