काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले अबको ९ महिना भित्र भैरहवा विमानस्थल सञ्चालनमा आउने बताउनु भएको छ । उहाँले भैरहवा विमानस्थल सञ्चालनमा आएपछि नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

फोटो जर्नलिष्ट क्लबको आइएमई नेपाल फोटो कन्टेस्ट २०७५ को उद्घाटन गर्दै मन्त्री अधिकारीले नेपालमा पहिलाको भन्दा अहिले पर्यटन क्षेत्र निकै सुधार भएको र पर्यटन व्यवसाय पनि फस्टाउदै गएको जिकिर गर्नुभयो । पर्यटन क्षेत्र नेपालको विकासको मेरुदण्ड भएकोले यसको विकासमा सबैपक्ष लगिपर्नुपर्ने उहाँको भनाई थियो ।

मन्त्री अधिकारीले फोटो जर्नलिष्ट क्लब भिजिट नेपाल ट्वान्टी ट्वान्टीको महत्वपूर्ण पाटर्नर भएको पनि बताउनुभयो । उहाँले फोटो र पर्यटनबीचको सम्बन्ध अनुकरणीय चर्चा गर्दै भिजिट नेपाल ट्वान्टी ट्वान्टीलाई सफल पार्न सबै पक्षलाइ सहयोग गर्न आग्रह पनि गर्नुभयो । नेपाल आर्ट ग्यालरीमा नेपाल फोटो कन्टेस्टेन्टमा छनौट भएका एक सय साठ्ठी वटा फोटो प्रदर्शनीमा राखिएको छ । यस वर्षको सर्वोत्कृष्ट फोटोको उपाधि नरेन्द्र श्रेष्ठले जित्नुभएको छ ।